राजनीति

    उपराष्ट्रपतिमा दाबी गरेकी छैन : पूर्वसभामुख घर्ती

    नवलपुर टुडे
    २०७९ पुस १५ | बिहान ०९:०९ बजे

      काठमाडौं । पूर्वसभामुख एवं माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले आफूले उपराष्ट्रपति पदमा दाबी नगरेको बताएकी छन् ।

      आफूले उपराष्ट्रपति पदमा दाबी गरेको भन्ने हल्ला चलेको र केही सञ्चार माध्यमले समाचार समेत बनाएको भन्दै उनले त्यसको खण्डन गरिन् ।

      घर्तीले भनिन्, ‘मैले उपराष्ट्रपतिमा दाबी गरेकी छैन र गर्दिनँ पनि, मेरो मनमासमेत नउब्जिएको विषय समाचारमा आउँदा आश्चर्यचकित भएकी छु ।’

        कमेन्टहरु