देश

    चैत ८ देखि १२ गत्तेसम्म मैत्रिय धर्मकाे माहा मैत्री दिवस

    नवलपुर टुडे
    २०७७ चैत्र ५ | मध्यान्ह ०२:१२ बजे

      चैत ५, काठमाण्डाै।
      महासम्बोधि धर्म सङ्घले यही चैत्र ८ देखि १२ गतेसम्म सोह्रौँ मैत्री दिवस मनाउने भएको छ ।
      १६ वर्षअघि बाराको हलखोरियामा तपश्यारत गुरुका भक्तहरूले यसपटक भब्य रूपमा मैत्री दिवस मनाउने भएका छन् । चैत्र ८ गते चितवनमा, ९ गते ललितपुरको चुनिखेलमा, १० गते सिन्धुपाल्चोकको बाँडेगाउँमा, ११ गते झापाको बुधबारेमा महामैत्री पूजा सम्पन्न भएपछि १२ गते सर्लाहीको पत्थरकोटमा महापूजाको समापन हुने बोधि श्रवण धर्म सङ्घले नवलपुर टुडे लाई जनाएको छ ।

      किशोरवयका रामबहादुर वमजन दैवी शक्तिको प्रवेशपछि बाराको हलखोरिया जङ्गलमा गुप्त तपस्यामा लीन भएका थिए । ज्ञान प्राप्त भएपछि महासम्बोधी धर्म सङ्घ गुरुका नामले चिनिनुहुने उहाँका यतिबेला संसारभरी भक्तहरू रहेका छन् र नेपालमा पनि उहाँद्वारा प्रतिपादित मैत्रीय धर्मको ब्यापक विस्तार हुँदै गएको छ ।

      गुरुका कारण जनजाति खासगरी तामाङ समुदायमा बढ्दो इसाइकरणमा बाधा उत्पन्न भएपछि केही वर्षयता उहाँका विरुद्ध विभिन्न स्तरका षड्यन्त्र हुँदै आएका छन् । नेपाल प्रहरी प्रशासनलाई समेत गुरु विरुद्ध प्रयोग गर्ने प्रयास पटक-पटक भएको थियो ।

      पछिल्लो समयमा मैत्रीय धर्मविरुद्ध षड्यन्त्र भएको तथ्यहरू फेला पर्न थालेपछि आममानिसमा गुरुप्रतिको आकर्षण बढ्दै गएको छ र, प्रशासन पनि तुलनात्मक रूपमा सकारात्मक बन्दै गएको छ ।

        कमेन्टहरु