बिश्व

    ब्राजिलका महान फुटबलर पेलेको निधन

    नवलपुर टुडे
    २०७९ पुस १५ | बिहान ०८:०९ बजे

      कागमाडौं, पुस १५ । ब्राजिलका महान फुटबलर पेले (एड्सन आरान्तेस दो नासिमेन्तो)को निधन भएको छ ।

      उनको ८२ वर्षको उमेरमा साओ पाउलोस्थित अल्बर्ट आइन्सटाइन अस्पतालमा बिहीबार राति निधन भएको उनको परिवार र आफन्तले जनाएको बीबीसीले उल्लेख गरेको छ । पेले केही समय यता मिर्गौला र प्रोस्टेट रोगले थला परेपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

      ब्राजिललाई लगातार तीन पटक फिफा विश्वकप उपाधि दिलाउन पेलेको महत्वपूर्ण योगदान रहेको छ । लगातार तीन पटक विश्वकप उपाधि जित्ने पेलेको नाममा दुर्लभ कीर्तिमान छ । पेले प्रेरित ब्राजिलले सन् १९५८, १९६२ र १९७० मा विश्वकप जितेको थियो । पेलेले आफ्नो २१ वर्षे खेल जीवनमा १३६३ खेल खेल्दै १२८१ गोल गरेका छन् ।

      उनले ब्राजिलको लागि ९२ खेल खेल्दै ७७ गोल गरेका छन् । फुटबलमा जादुमय क्षमता भएका पेलेलाई सन् २००० मा फिफा प्लेयर अफ दि सेन्चुरी घोषणा गरिएको थियो ।

        कमेन्टहरु