शिवराजमा मेयर स्वरोजगार कार्यक्रम


कपिलवस्तु, पुस १५ । शिवराज नगरपालिकाको ७औ कार्यपालिका बैठकले मेयर स्वरोजगार कार्यविधि प्रारित गरेको शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिए ।
कपिलवस्तुमा रहेको १० वटा पालिका मध्ये जनता संग प्रत्यक्ष सरोकारको विषयममा विभिन्न निर्णय गर्दे आएको शिवराज नगरपालिकाले मेयर स्वरोजगार कार्यक्रमको कार्यविधि प्रारित गरि मेयर स्वरोजगार कार्यक्रम लागु गरिएको शिवराज नगरपालिकाका मेयर अजय थापाले जानकारी दिए ।
शिवराज नगरपालिका भित्र संचालनमा रहेका उद्योगहरुले आफना उद्योगमा शिवराज नगरपालिका भित्र रहेका ५० प्रतिशत युवाहरुलाई रोजगार दिनु पर्ने कार्यविधि प्रारित गरिएको थापाले बताए । अन्य पालिका भन्दा शिवराजमा नगरपालिकामा साना ठुला गरि ३० भन्दा बढी उद्योग संचालनमा रहेको उद्योग वाणिज्य संग चन्द्रौटाका अध्यक्ष इश्वरी पाण्डेले बताए ।
शिवराज नगरपालिका भित्र संचालनमा रहेका उद्योगहरुले आफुलाई चाहिएका जनशक्ति अन्य मूलुकबाट ल्याउनु गर्ने बाध्यदा रहेको र नेपालमा रहेका जनशक्ति अन्य मूलुकमा श्रम रोजगारमा जाने बाध्यताको अन्तय हुने विश्वास नेकपा एमालेका नेता तथा नगर सचिव शरद अधिकारीले बताए ।
कार्यविधिले नगर भित्र रहेका जनशक्तिहरुको वर्गिकरण गरि कार्यदक्षताको आधारमा रोजगार दिने र यसबाट शिवराजका युवाहरुलाई आफनो नगर भित्र स्वरोजगार बनाउने अध्यक्ष थापाले बताए ।





