गण्डकी प्रदेश

    आइतबारदेखि आन्तरिक उडान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाटै गर्ने

    नवलपुर टुडे
    २०७९ पुस १४ | बिहान ०९:०९ बजे

      पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको उच्चस्तरीय प्रविधिका कारण आन्तरिकतर्फका उडानलाई पनि सहज हुने भएको छ । जनवरी १ अर्थात् पुस १७ गते आइतवारदेखि पोखरामा हुने सबै आन्तरिक उडानसमेत नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनेछन् ।

      विमानस्थलमा जडान गरिएको आईएफआर प्रविधिका कारण कम भिजिबिलिटीमा पनि उडान भर्न सकिने विमान कम्पनीहरूले बताएका छन् । नयाँ विमानस्थलको अरू भौतिक पूर्वाधार पनि गुणस्तरीय छ । विमानस्थलमा यात्रुलाई टर्मिनल भवनबाट जहाजसम्म ल्याउन र पुर्‍याउन र्‍याम्प बस राखिएको छ । अब पोखरा विमानस्थलबाट रात्रिकालीन उडान पनि हुने छ ।

      बुद्ध, यति, सौर्यलगायतका आन्तरिक विमान कम्पनीले पुस १७ गते आइतवारदेखि सबै उडान अन्तर्राष्ट्रिय विमानस्थलबाटै हुने भएकाले उडान समयभन्दा दुई घण्टाअघि नै विमानस्थलमा पुग्न र अरू सूचनाको बारेमा जानकारी लिन आग्रह गरेका छन् ।

        कमेन्टहरु