भ्रष्टाचार, मधेश प्रदेश

    मालपोत वीरगंजमा भ्रष्टाचारको गन्ध फैलाउदै अधिकृत तेली

    नवलपुर टुडे
    २०७९ पुस १४ | बिहान ०९:०९ बजे

      रंजित चौरसिया
      वीरगंज १४ पुस । भूमि सुधार तथा मालपोत कार्यालय पर्सामा फांँटै पिच्छे भ्रष्टाचारको बिगबिगि फैलिएको हुनाले सेवाग्रहीहरु मर्कामा परेका छन् ।

      कार्यालय प्रमुख ऋषी दाहालको निगरानीमा भईरहेको भ्रष्टाचार कार्य “दिन दुगुना रात चौगुना” बढेको भए पनि नियमनकारी निकायले कानमा तेल हालेर बस्नुले विभिन्न किसिमको शंका उपशंका उब्जिएको सेवाग्रहीहरुको आरोप रहेको छ ।

      विशेष गरी मुद्दा फांँटका अधिकृत राजेश्वर साह तेलीले महिनामा करिब ५ दिन मुद्दा फांँटमा न्युन समय बस्ने र बाँकी काम घरैबाट गर्ने गरेको हुनाले मुद्दा फांँटमा मुद्दा लडिरहेका सेवाग्रहीहरु आतंकित बनेका छन् । अधिकृत तेलीले हाजरी गर्ने समयमा कसैले नहेर्ने गरी लुकेर हाजिरी गरी कार्यालयबाट अनुपस्थित हुने गरेको र मुद्दा फांँटमा आएका सेवाग्रहीहरुलाई कर्मचारी शिवनारायण साह कानुले अधिकृत सर विशेष कामले बाहिर जानु भएको भन्दै फर्काउदै गरेको एक मुद्दा फांँटका सेवाग्रहीले यस अनलाईन संग बताए ।

      नेपाल सरकारको नियमानुसार एक जना कर्मचारीले बढीमा एक ठाउंँमा दुई वर्ष बस्ने प्रक्रिया मिलाएकोले अधिकृत तेलीले करिब ५ वर्ष देखि विभागलाई मोटो रकम खुवाई मालपोत कार्यालय पर्सामा अड्डा जमाएर बसेका छन् । मुद्दा फांँटबाट करोडौं करोड कमाउन सफल भएका अधिकृत तेलीलाई मालपोत कार्यालय भित्र भ्रष्टाचारको “डन” भनेर नामाकरण गरिएको छ । उनले कार्यालयमा अनुपस्थित भई फाईलको प्रायः कार्य घरबाट नै गर्ने गरेको बताईन्छ ।

      जुन सेवाग्रही संग मोलमोलाईको कुरो मिल्छ, उनलाई नै मात्र भेटने र उनको काम मात्र हुने गरेकोले घुसको रकम नदिनेहरु मर्माहित भएका छन् । उदाहरणको लागि मुद्दा फांँटमा वीरगंज महानगरपालिका वडा नं. १९ बस्ने राजनारायण बरैको जग्गा सन्दर्भमा ३५ दिने सार्वजनिक सूचना काटी सबै प्रक्रिया मिलेपनि अधिकृत तेलीले बरैसंग भेटघाटै नगरी आफ्ना फांँटका कर्मचारी शिवनारायण साह कानुलाई मोलमोलाई गरी रकम माग गर्न लगाएको पिडित बरैले बताए ।

        कमेन्टहरु