लुम्बिनी प्रदेश

    लुम्बिनी प्रदेश सभा सदस्यको शपथ १६ गते

    नवलपुर टुडे
    २०७९ पुस १३ | मध्यान्ह ०५:०९ बजे

      रूपन्देही, पुस १३ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाका सदस्यलाई पुस १६ गते शपथ गराउन प्रदेश प्रमुखलाई सिफारिस गरेको छ ।

      लुम्बिनी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेशसभाका सदस्यलाई शपथ गराउन सरकारका तर्फबाट प्रदेश प्रमुख अमिक शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

      मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश अधिवेशन पुस १८ गते बोलाउने निर्णयसमेत गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानून तथा सञ्चारमन्त्री तिलकराम शर्माले जानकारी दिए ।

      लुम्बिनी प्रदेशका प्रदेशसभा सदस्यलाई दाङको देउखुरीमा रहेको प्रदेशसभाको भवनमा शपथ गराउने तयारी गरिएको छ । रासस

        कमेन्टहरु