समाचार

    गृहमन्त्री लामिछानेद्वारा राहदानी विभागको अनुगमन

    नवलपुर टुडे
    २०७९ पुस १३ | मध्यान्ह ०४:०९ बजे

      काठमाडौं, पुस १३ । गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको अनुगमन गरेका छन् । बुधबार लामिछानेले त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गरेका हुन् ।

      अनुगमनका क्रममा उनले विभागका कर्मचारीसँग कुराकानी गरेका थिए । साथै सेवाग्राहीको समस्याबारे पनि गृहमन्त्री लामिछानेले जानकारी लिएका थिए ।

      सेवाग्राहीले राहदानीका लागि लामो समयसम्म लाइन बस्नुपर्ने समस्या भोगिरहेका छन् । 

        कमेन्टहरु