महान्यायाधिवक्तामा डा.दिनमणी पोखरेल नियुक्त

नवलपुर टुडे
२०७९ पुस १३ | मध्यान्ह ०४:०९ बजे

काठमाडौं, पुस १३ । सरकारको प्रमुख कानुनी सल्लाहकार मानिने पद महान्यायाधिवक्तामा अधिवक्ता डा.दिनमणी पोखरेल नियुक्त भएका छन् ।
प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पोखरेललाई नियुक्त गरेकी हुन् । प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ४ का पोखरेल माओवादी आन्दोलनमा निकट रहेर लामो समय काम गरेका थिए ।
उनलाई संविधानको धारा १५७ को उपधारा २ बमोजिम राष्ट्रपतिले नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए ।






