समाचार

    बालुवाटारबाट सरे देउवा

    नवलपुर टुडे
    २०७९ पुस १३ | बिहान ११:०९ बजे

      काठमाडौ, पुस १३ । निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सरकारी निवास बालुवाटारबाट सरेका छन् ।

      गत पुस १० गते प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएपछि देउवा बुधबार परिवारसहित बालुवाटारबाट सरेका हुन् ।

      बुढानिलकण्ठस्थित देउवा निवासमा ममर्त कार्य भइरहेकाले उनको परिवार केहि दिन धुम्बराहिस्थित एक निजी घरमा भाडामा बस्ने बताइएको छ ।

      photo 2022 12 28 11 52 54

        कमेन्टहरु