गण्डकी प्रदेश

    गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य बस्यालले लिए शपथ

    नवलपुर टुडे
    २०७९ पुस १३ | बिहान ११:०९ बजे

      कास्की, पुस १३ । गण्डकी प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले पद तथा गाेपनीयताकाे शपथ लिएका छन् ।

      बुधबार बिहान प्रदेश प्रमुख पृथ्वीमान गुरूङले बस्याललाई शपथ गराएका हुन् । प्रदेश प्रमुखकाे निवासमा नै शपथ ग्रहण गरिएको हाे ।

      उनले शपथ ग्रहण गरिसकेपछि प्रदेशसभाका बाँकी ५९ सदस्यलाई बिहीबार प्रदेशसभा सचिवालयमा पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम रहेको छ ।

        कमेन्टहरु