समाचार

    आरआरमा विद्यार्थीहरुबीच झडप हुँदा दुई जना घाइते

    नवलपुर टुडे
    २०७९ पुस १३ | बिहान १०:०९ बजे

      काठमाडौँ । काठमाडौको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा विद्यार्थीहरुबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।

      घाइतेको अहिले काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ । झडपको कारण खुल्न नसकेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए ।

      स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनका नेताहरुबीच विवाद हुँदा खुकुरी प्रहार भएको भन्ने हल्ला बाहिर आएपनि अहिलेसम्म त्यसको पुष्टि नभएको उनले बताए ।

      उनले भने, ‘खुकुरी प्रहार भएको भन्ने अहिलेसम्म पुष्टि भएको छैन । दुई जना घाइते भएका छन् । उनीहरूलाई मोडेल अस्पतालमा उपचारका लागि लगिएको छ ।’

      उनका अनुसार केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

        कमेन्टहरु