राजनीति

    कांग्रेस संस्थापनइतर पक्षको बैठक बस्दै

    नवलपुर टुडे
    २०७९ पुस १३ | बिहान १०:०९ बजे
    फाइल तस्बिर

      काठमाडौं, पुस १३ । नेपाल कांग्रेसको संस्थापनइतर नेताहरूको बैठक आज बस्दै छ । बैठक नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा बस्नेछ ।

      कांग्रेस सबैभन्दा ठूलो दल हुँदा पनि प्रतिपक्षमा पुगेको विषयमा बैठकमा छलफल हुनेछ ।

      पार्टीको केन्द्रीय कार्यसमितिको बैठकबारे पनि छलफल हुने बताइएको छ । केन्द्रीय कार्यसमितिको बैठक यही पुस २२ गते बस्ने गरी बोलाइएको छ ।

        कमेन्टहरु