राष्ट्रपतिद्वारा संघीय संसद्को अधिवेशन आह्वान

नवलपुर टुडे
२०७९ पुस १२ | मध्यान्ह ०५:०९ बजे

काठमाडौं, पुस १२ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले आगामी पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशनका लागि सिफारिस गरेको थियो ।
प्रतिनिधि सभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।






