देश

    महान्यायाधिवक्तामा डा. दिनमणि पोखरेल सिफारिस

    नवलपुर टुडे
    २०७९ पुस १२ | मध्यान्ह ०२:०९ बजे

      काठमाडौं, पुस १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महान्यायाधिवक्तामा अधिवक्ता डा.दिनमणी पोखरेललाई सिफारिस गरेका छन् । प्रचण्डले सरकारले कानुनी सल्लाहकार मानिने महान्याधिवक्तामा अधिवक्ता डा.पोखरेललाई सिफारिस गरेका हुन् । 

      प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक प्रावधान रहेको छ । पोखरेल तत्कालीन सभामुख ओनसरी घर्तीमगरका कानुनी सल्लाहकार थिए । उनले कानुनमा विद्यावारिधी गरेका छन् । 

      पोखरेललाई बुधबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराउने कार्यक्रम छ ।

        कमेन्टहरु