काठमाडौंमा डेरा खोज्दै सिके राउत

नवलपुर टुडे
२०७९ पुस १२ | बिहान १०:०९ बजे

काठमाडौं, पुस १२ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले काठमाडौंमा डेरा खोज्न थालेका छन् । राउतले काठमाडौंमा कोठा पाउनै गाह्रो भएको भन्दै सामाजिक सञ्जालमार्फत आज पनि आफू कोठा खोज्न जान लागेको बताएका हुन् ।
भक्तपुरको घ्याम्पेडाँडस्थित पाइलट बाबा जाँदाको तस्बिर सेयर गर्दै लेखेका छन् – ‘काठमाडौं बस्न डेरा–घर खोज्नै गार्हो, आज पनि जाँदैछु, बरू काठमाडौं भएको बेला एकान्तमा यस्तै डाँडाकाँडातिर बसौंबसौं लाग्ने ।’
गएको मंसिर ४ गते भएको निर्वाचनमा प्रतिनिधिसभातर्फ ६ सिट प्राप्त गरेको जनमतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एक मन्त्री पठाएको छ ।





