३ महिनादेखि सूचना जारी गर्दा पनि अटेरी गरेपछि वडा अध्यक्ष चौधरीले चलाए डोजर


कपिलवस्तु, पुस ११ । कपिलवस्तुको विजयनगर गाउँपालिका -७ का वडा अध्यक्षले अतिक्रमित जग्गा खालि गराउन् डोजर चलाउन सरु गरेका छन् । विजयनगर गाउँपालिका – ७ गणेशपुर, ढोडरी , मानपुरमा आज वडा अध्यक्ष दिनेश कुमार चौधरीले अतिक्रमित गरी बनाइएको अस्थायी टहरा, टाट हटाउन डोजर चलाएका हुन् ।
दोस्रो पटक सोहि वडामा निर्वाचित भएका वडा अध्यक्ष चौधरीले सार्वजनिक जग्गा र सडक अतिक्रमण गरी व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेको भन्दै उनीहरुलाई सुचना काटिएको थियो । अतिक्रमित जग्गा खालि गर्न ३ महिना अघि सार्वजनिक सुचना जारी गरे पनि अटेरी गरेपछि वडा अध्यक्ष चौधरीले आफै डोजर लिएर अतिक्रमित जग्गामा डोजर चलाउन लगाएका हुन् ।
आज सडक अतिक्रमण, सार्वजनिक जग्गा अतिक्रमण, मठ मन्दिरको जग्गा अतिक्रमणलाई हटाउन हातमा कागज लिएरै टहराहरु भत्काएका छन् । यस अघि उनले आफ्ना वडाबासीलाई घर घर पुगेर अतिक्रमित जग्गा खालि गर्न सुचना दिएका थिए । सडक अतिक्रमणका कारण दुर्घटना हुने सम्भावना बढेको भन्दै उनले सबैभन्दा पहिले सार्वजनिक सडकलाई खालि गर्न लगाएका छन् ।
सडक छेउमा सडक अतिक्रमण गरी बनाइएका अस्थायी घर टहराहरुलाई हटाएका छन् । सो गाउँपालिका भित्र सार्वजनिक अतिक्रमित जग्गा खालि गराउने पहिलो वडा अध्यक्ष दिनेश चौधरी हुन् ।







