देश

    प्रचण्ड नेतृत्वको सरकारमा तीन उपप्रधानमन्त्रीले लिए शपथ

    नवलपुर टुडे
    २०७९ पुस ११ | मध्यान्ह ०४:०९ बजे

      काठमाडौं, पुस ११ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्रीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

      एमाले उपाध्यक्ष विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधानमन्त्रीको रूपमा शपथ लिएका हुन् ।

      पौडेल उपप्रधानमन्त्रीसहित अर्थ, लामिछानेले उपप्रधानमन्त्रीसहित गृह र श्रेष्ठले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको शपथ लिएका हुन् ।

      ७ दलका १६६ र तीन जना स्वतन्त्र सांसदको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

        कमेन्टहरु