राष्ट्रिय पोशाकमा प्रचण्डको शपथ ग्रहण

नवलपुर टुडे
२०७९ पुस ११ | मध्यान्ह ०४:०९ बजे

काठमाडौं, पुस ११ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ ग्रहण गरेका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा एक विशेष समारोहमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनियताको शपथ ग्रहण गराएकी हुन् । शपथ ग्रहण समारोहमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, माधवकुमार नेपाल, बाबुराम भट्टराईलगायत शीर्ष नेताहरु उपस्थित थिए ।
प्रचण्डले तेस्रो कार्याकालका लागि तथा नेपालको ४४ औं प्रधानमन्त्रीको शपथ ग्रहण गरेका छन् । उनले यसपटक नेपाली पोशाक दौरा सुरुवालमा सपथ लिए ।





