समाचार

    जुम्लामा प्रमुख सेनानी झुण्डिएको अवस्थामा मृत फेला

    नवलपुर टुडे
    २०७९ पुस ११ | मध्यान्ह ०१:०९ बजे

      काठमाडौं, पुस ११ । जुम्लामा कार्यरत नेपाली सेनाका प्रमुख सेनानी मृत फेला परेका छन् । 

      २४ नम्बर बाहिनी जुम्लामा कार्यरत प्रमुख सेनानी रूपाखेती सोमबार बिहान बाथरुममा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षध धर्मराज जोशीले जानकारी दिए । 

      प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला सुरक्षा समितिको टिम नेपाली सेनाको २४ नम्बर बाहिनीमा पुगिसकेको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु