लुम्बिनी प्रदेश

    बुटवलका डिएसपी केसीमाथि छानबिन, उनको निवासमा भेटियो ३५ तोला सुन र नगद

    नवलपुर टुडे
    २०७९ पुस ११ | बिहान ११:०९ बजे

      बुटवल, पुस ११ । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीमाथि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको छ ।

      सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले केसीको निवासमा खानतलासी गर्दा लाखौं नगद फेला परेको प्रहरीको भनाइ छ । गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनिहरुमाथि छानबिन सुरू गरेको थियो ।

      केसीको निवासबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद भएको प्रहरीले जनाएको छ । केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप छ । व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको हो ।

      पुस ४ मा केसीलाई प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय कास्कीमा काज सरुवा गरेको थियो । सोमबार रमाना लिई जाने तयारी गरेका केसीलाई काठमाडौंबाट आएको प्रहरी टोलीले नियन्त्रणमा लिएर रमाना लिन रोक लगाएको छ ।

        कमेन्टहरु