नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को भोलि शपथ

नवलपुर टुडे
२०७९ पुस १० | मध्यान्ह ०७:०९ बजे

काठमाडौं, पुस १० । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि (सोमबार) प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन् ।
राष्ट्रपति कार्यालयले दिएको जानकारी अनुसार प्रचण्डको शपथ सोमबार दिउँसो चार बजे राष्ट्रपति निवास शितल निवासमा हुनेछ । सात दल र तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बन्दैछन्।





