राजनीति

    एकीकृत समाजवादी तत्काल सरकारमा सहभागी नहुने निर्णय

    नवलपुर टुडे
    २०७९ पुस १० | मध्यान्ह ०५:०९ बजे

      काठमाडौं, पुस १० । सत्तागठबन्धनमा रहेको नेकपा (एकीकृत समाजवादी) तत्काल सरकारमा सहभागि नहुने निर्णय गरेको छ ।

      आइतबार बसेको पार्टी सचिवालय बैठकले नेकपा एमालेलगायत दलको समर्थनमा नेकपा एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको हो । ‘तत्काल सरकारमा जाँदैनौं प्रतिपक्षमै बस्छौं,’ एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले भने ।

      गठबन्धन तोड्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमाले अध्यक्ष ओलीलाई भेट्दै आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गराएका थिए ।

        कमेन्टहरु