बिश्व

    फ्रान्समा डायनासोरको साढे ६ फिट लामो जांघको हड्डी भेटियो

    नवलपुर टुडे
    २०७९ पुस ८ | मध्यान्ह ०५:०९ बजे

      एजेन्सी । दक्षिण-पश्चिमी फ्रान्समा वैज्ञानिकहरुले उत्खननका क्रममा डायनोसोरको जांघको हड्डी फेला पारेका छन् । बीबीसीका अनुसार यी वैज्ञानिहरुले  करिब १० वर्षदेखि जीवावशेसको खोजी गरिरहेका थिए । 

      दुई मिटर (साढे ६ फिट) लामो जांघको हड्डी आन्जेक इलाकामा भेटिएको हो । यो सोरोपोडो डायनासोरको हड्डी भएको अनुमान गरिएको छ । यो शाकाहारी डायनासोरको गर्द्धन लामो र पुच्छर समेत थियो । जुरासिक कालमा अन्तिम वर्षहरुमा यो डायनासोर सामान्य अवस्थामा पाइन्थ्यो । यसलाई अहिलेसम्मकै ठूलो जनावरका रुपमा लिइन्छ ।

      जीवावशेषको खोजि गरिरेका वैज्ञानिकहरु  यति ठूलो हड्डी फेला परेपछि अचम्मित भएका छन् । नेसनल हिस्ट्री म्युजयम अफ पेरिसका रोना ऐनले पारिजियांग अखबारसँग भनेका छन्-‘हामी यसमा मांशपेशी जोडिएको र घाउ देख्न सक्छौं । ठूलो हड्डीमा यस्तो अवस्था कमै मात्रामा देखिन्छ। त्यो आफै मक्किएर नष्ट हुन्छ ।’

      उनका अनुसार १४०० लाख वर्षअघि यस्ता डायनोसोर पाइन्थे । यसको तौल ४० देखि ५० टनसम्म हुन्छ । एक स्थानीय अखबार ला सेरेन्ट लिबरको अनुसार उक्त ठाउँमा सन् २०१० मा सोरोपोडकै एउटा २.२ मिटरको जांघको हड्डी भेटिएको थियो ।

      त्यसको तौल ५०० केजी थियो । यो हप्ता भेटिएको हड्डीको तौल पनि यस्तै हाराहारीमा हुनसक्ने अनुमान गरिएको छ । तर, हाल यसको काम पूरा हुन एक हप्ता लाग्न सक्छ । यसका लागि एउटा क्रेनको आवश्यकता पर्नेछ । यो हड्डी खोनियेक सहरनजिक सेरोन्ट इलाकको एक अंगुर बगैचामा फेला परेको हो । सन् २०१० यता ४० प्रजातिका ७५ हजार बढि जीवावशेष फेला परेका छन् ।

      यसका साथै २०१४ सालमा अर्जेन्टिनामा यस्ता डायनोसोरको हड्डी भेटिएका थिए जसलाई वैज्ञानिकहरुलाई विश्वकै सबैभन्दा ठूलो डायनासोरको अवशेष मानेका थिए । त्यो विशाल प्राणीको तौल ७७ टन थियो भने उचाई २० मिटर जति थियो ।

        कमेन्टहरु