बागमती प्रदेश

    बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

    नवलपुर टुडे
    २०७९ पुस ८ | मध्यान्ह ०३:०९ बजे

      काठमाडौँ, पुस ८ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

      पाण्डेले शुक्रबार प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् । धादिङ निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पाण्डेले विहीबार सदस्य पदको शपथ लिएका थिए ।

      मुख्यमन्त्री पदमै रहेर शपथ खाएको भन्दै सञ्चार माध्यममा उनको आलोचनासमेत भएको थियाे ।

        कमेन्टहरु