समाचार

    रिहा भए चार्ल्स शोभराज  

    नवलपुर टुडे
    २०७९ पुस ८ | मध्यान्ह ०२:०९ बजे

      काठमाडौं । विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराज रिहा भएका छन् । केन्द्रीय कारागार सुन्धारामा राखिएका उनलाई आज रिहा गरिएको हो । 

      रिहा भएका उनलाई अध्यागमन विभागको जिम्मा लगाउने तयारी भएको छ । बिहीबार नै रिहा हुने भनिए पनि केही प्रक्रिया अझै बाँकी रहेका कारण उनी आज रिहा भएका हुन् ।

      उनको पासपोर्स लगायतका कागजात नभएकाले सो प्रक्रिया पूरा नभएसम्म अध्यागमन विभागकै हिरासतमा रहने शोभराजका वकिल गोपाल सिवाकोटीले जानकारी दिए ।

      शोभराज १९ वर्षदेखि नेपालको कारागारमा थिए । नेपाल घुम्न आएका क्यानेडियन महिला क्यारियरे लरेन्ट र अमेरिकन नागरिक कोन्नी जो ब्र्रोन्जीचको हत्या आरोपमा दोषी ठहर भएपछि उनलाई थुनामा राखिएको थियो ।

        कमेन्टहरु