राजनीति

    महेन्द्र राय यादव र रामकुमार राईले लिए शपथ

    नवलपुर टुडे
    २०७९ पुस ८ | मध्यान्ह ०१:०९ बजे

      काठमाडौं, पुस ८ । प्रतिनिधि सभाका नवनिर्वाचित २ सांसद महेन्द्र राय यादव र रामकुमार राईले पनि शपथ लिएका छन् । बिहीबार सपथ लिन छुटेका यादव र राईले आज संघीय संसद सचिवालय सिंहदरबारमा प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपति शमशेर जबराबाट सपथ लिएका हुन् ।

      सचिवालयमा रहेको मानव अधिकार समितिको हलमा शपथ गराइएको  हो । यादवको नागरिकतामा रहेको उमेरसम्बन्धी समस्याका कारण बिहिबार उनले सपथ लिएका थिएनन् भने राई प्लेन उडानमा ढिलाई भएका कारण सपथका लागि छुटेका थिए । 

      यस्तै एकीकृत समाजवादीका नेता प्रेम आले र कांग्रेस सांसद माया राईले शपथ लिन बाँकी नै छ । आले पारिवारिक शोक तथा राई सुत्केरी भएका कारण शपथ लिएका छैनन् । 

        कमेन्टहरु