समाचार

    बैतडीको मेलौलीमा अस्पताल निर्माणको विषयमा झडप हुँदा ३५ जना घाइते

    नवलपुर टुडे
    २०७९ पुस ८ | मध्यान्ह १२:०९ बजे

      कैलाली, पुस ८ । बैतडीको मेलौली नगरपालिकामा अस्पताल बनाउने विषयमा दुई गाउँका वासिन्दाबिच विवाद हुँदा ३५ जना घाइते भएका छन् ।

      बिहीबार १५ शैय्याको अस्पताल निर्माणको विषयमा वडा नं ७ र १ का स्थाननीयबीच झडप हुँदा ३५ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । उनका अनुसार घाइतेहरुको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । 

      मंगलबार वडा नं ७ का स्थानीयले सोही वडामा रहेको केशरपुर स्वास्थ्य कन्द्रलाई नै स्तरोन्नति गरेर १५ शैय्याको अस्पताल निर्माण गर्नुपर्ने भन्दै नगरपालिकामा तालाबन्दी गरेका थिए । बिहीबार वडा नं १ का स्थानीयले वडा नं १ मै अस्पताल बन्नुपर्ने माग राख्दै वडा नं ७ का स्थानीयले लगाएको ताला खोलेपछि दुबैपक्षबीच झडप भएको हो । 

      त्यसपछि प्रशासनको रहोबरमा नगरपालिकाले ताला खोलिएको थियो । ताला खोलेपछि वडा नं ७ का स्थानीयहरु नाराबाजीमा उत्रिएको थिए । लगत्तै वडा नं १ बासीले पनि वडा नं ७ बासीको मागप्रति विरोध जनाएपछि झडपको स्थिति सिर्जना भएको मेलौली नगरपालिकाका कार्यवाहक नगर प्रमुख कृष्णदत्त भट्टले जानकारी दिए । 

        कमेन्टहरु