समाज

    रामग्राम ५ का वडा सदस्य सरोज क्षेत्रीले सरसफाई कर्मचारीहरुलाई बाँडे मोबाइल

    नवलपुर टुडे
    २०७९ पुस ८ | बिहान ११:०९ बजे

      नवलपरासी, पुस ८ । पश्चिम नवलपरासीको रामग्राम ५ का एक युवा नेता सदस्य सरोज क्षेत्रीले सरसफाई कर्मचारीहरुलाई मोबाइल बाँडेका छन् । रामग्रामको सौर्न्दर्यता बढाउनको लागि यत्र तत्र फालिएको फोहरलाई ब्यवस्थापन गर्दै उनीहरु सरसफाईमा अहोरात्र खटिँदै आईरहेका छन् ।

      बिगत लामो समयदेखि उनीहरु नगरपालिकाको आदेशमा फोहर ब्यवस्थापनमा खटिएका हुन् । चिसो होस वा गर्मी नगरलाई सफा राख्ने र सुन्दर बनाउने मनोसायले बाटो, नालादेखि लिएर वरिपरिको फोहर उठाउने काम गरिरहेका मजदुरहरुमाथि कसैको आँखा नपुगेपछि सदस्य क्षेत्रीले उनीहरुको मनोबल बढाउन आफ्नो तर्फबाट मोबाइल हस्तान्तरण गरेका हुन् ।

      वडा नम्बर ५ का सदस्य सरोज क्षेत्रीले त्यही वडाका २ जना सरसफाइ कर्मचारीहरुलाई व्यक्तिगत रूपमा मोबाइल र सिमकार्ड वितरण गरेर एउटा नया सोचका साथ सम्मान गरेका छन् । ताकी प्रभावकारी संचारको सहायताले प्रभावकारी तरिकाले काम गर्न सकियोस भन्ने उनको सोच रहेको छ ।

      यस्तै सोच र बिचार सबैमा आओस् भनेर मजदुर, तथा रामग्रामका स्थानीयहरुले खुसि प्रकट गरेका छन् । यस्तै समाज प्रति निस्ठावान भएर काम गर्ने युवा नेताको पर्खाईमा पनि छन् । किन कि जब एक सदस्यले सहयोगको भावना लिएर काम र सहयोग गर्न सक्छ भने पोस्टमा बसेका नेताहरु अझ धेरै गर्न सक्ने छन भनेर आवाज पनि उठिरहेको छ ।

      photo 2022 12 23 11 43 08

        कमेन्टहरु