श्री दाँतका अस्पताल बढ्नीमा नयाँ बर्षको अवसरमा निशुल्क जाँच


कृष्णनगर, पुस ८ । कपिलवस्तु जिल्लाको कृष्णनगरसँग नजिकै रहेको बजार भारतको सिद्धार्थनगर जिल्लाको बढ्नीमा सुविधा सम्पन्न श्री दाँत का अस्पताल संचालनमा रहेको छ ।
दाँत एवम् मुख रोग सम्बन्धि राम्रो ज्ञान भएका दक्ष तथा अनुभवी डा. चन्द्र शेखर शुक्ल श्री दाँत का अस्पतालका कुशल संचालक एवं डा. हुन् ।
बी. डी. एस., एम. आई. डी. ए. गोरखपुर दन्त एवं मुख रोग बिशेषज्ञ रहेका उहाँको अस्पताल नेपालको कृष्णनगर लिंकगेटबाट भारत जादा नेपाल रोड, कस्टम अफिस भन्दा पहिले, सेक्रेड हार्टस स्कूल नजिकै रहेको छ ।
श्री दाँत का अस्पतालमा दिनहुँ जसो नेपाल तथा भारतका दाँत एवम् मुख रोगबाट समस्यामा परेका मानिसहरूको निकै भिडभाड देखिनु र धेरै व्यक्तिको दाँत तथा मुख रोगको उपचार सफलतापूर्वक भएकाले पनि डा. कुशल र अनुभवी रहेको सेवाग्राहीहरु बताउँछन् ।
श्री दाँत का अस्पतालमा बिग्रिएको दाॅत सिधा गर्ने, कास्मेटिक फिलिंग, फिक्स दाॅत राख्ने, टुटेका जबडोंका उपचार, पायरिया दाँत तथा मुख रोगसँग सम्बन्धित मरिजहरूको उपचार अत्याधुनिक मेसिनद्वारा गर्ने गरिएको डा. चन्द्र शेखर शुक्लले बताए l नयाँ बर्ष २०२३ को अवसरमा चेक जाँच गरे वापत डा. ले लिने शुल्क पनि निशुल्क रहेको छ ।
साथै दाँत तथा मुख रोग सम्बन्धित थप जानकारी तथा परामर्शका लागि ००९१९९१८९०५०५७ (भारत), ९७४५९२९१०१ (नेपाली) मोबाइल नम्बरमा सम्पर्क गर्न सकिन्छ ।






