अर्थ

    मेगाले दियो इन्भेस्टमेन्टसँग गाभिने अनुमति

    नवलपुर टुडे
    २०७९ पुस ८ | बिहान ०८:०९ बजे

      काठमाडौ । मेगा बैंकको वार्षिक साधारणसभाले नेपाल इन्भेष्टमेण्ट बैंकसँगको मर्जर कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गरेको छ। बैंकको १२औं वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो।

      सभाले मूल्यांकनकर्ताबाट प्राप्त दुबै संस्थाको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदन अनुसार संयुक्त मर्जर समितिको सिफारिसमा बैंकको सञ्चालक समितिले स्वीकृत गरेबमोजिम १०० कित्ता सेयर बराबर बैंकका सेयरधनीहरूलाई मर्जरपछि बन्ने बैंकको ९० कित्ता सेयर प्राप्त हुने गरी सेयर आदान प्रदान अनुपात (१००ः९०) मा एक आपसमा गाभ्ने/गाभिने कार्यलाई अन्तिम स्वीकृति प्रदान गर्न विशेष प्रस्ताव पारित गर्ने निर्णय गरेको हो।

      यससँगै इन्भेष्टमेण्ट बैंकसँगको मर्जरको बाटो खुलेको छ। दुबै बैंक एक आपसमा गाभिई संयुक्त कारोबार गर्ने, बैंकको नाम नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड रहने भएको छ।

        कमेन्टहरु