देश

    वडाअध्यक्ष, सदस्य र कर्मचारीको मिलोमतोमा नक्कली नाता प्रमाणित, करोडौं जग्गा अर्कैको नाममा नामसारी

    नवलपुर टुडे
    २०७९ पुस ८ | बिहान ०६:०९ बजे

      परासी । भूमाफियासँग मिलेर जग्गा नामसारीका लागि जनप्रतिनिधिले किर्ते काम गरेको पाइएको छ । जग्गाको मुब्जाबापतको करिब चार करोड रुपैयाँ हात पार्न भूमाफियाले जग्गाधनीसँग नक्कली नाता कायम गरेको भेटिएको छ ।

      नक्कली नाता प्रमाणित गर्ने काममा नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा – ६ का वडाअध्यक्ष, वडा सदस्य र कर्मचारीसमेत संलग्न भएको पाइएको छ ।

      रुपन्देहीको सिद्धार्थनगर नगरपालिका – १० मा पर्ने गौतमबुद्ध विमानस्थलले अधिग्रहण गरेको क्षेत्रअन्तर्गतको स्वर्गीय रामसरे भरको नाममा दर्ता कायम रहेको ४ कट्ठा ४ धुर जग्गालाई भूमाफियाले नक्कली नाता प्रमाणित गराई अर्कैको नाममा नामसारी गरिदिएको रहस्य खुलेको हो ।

      जग्गाधनी स्वर्गीय रामासरेको दुईवटी श्रीमती (जेठी माल्ती भरिन र कान्छी फुलादेवी भरिन) रहेकोमा दुवैजनाको मृत्यु भइसकेको र उनीहरुबाट कुनै सन्तान नभएको मौका छोपी उक्त जग्गाको मुआब्जा हत्याउन नक्कली नाता प्रमाणित गराई जग्गाको नामसारीसमेत गरिएको छ ।

      पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ कि ७० वर्षीया तिर्थी भरिनलाई आर्थिक प्रलोभनमा पारेर जग्गाधनी रामासरेको भाउजु नाता कायम गराई नामसारी गरेको पाइएको हो । हाल तिर्थी र उनको परिवार भने रामग्राम नगरपालिका वडा नम्बर १७ मा बस्दै आएका छन् ।

      तिर्थी भरिनका छोरा राजुले स्वर्गीय रामासरे र निजको परिवारसँग आफूहरूको कुनै नाता सम्बन्ध नरहेको भन्दै वृद्ध आमालाई आर्थिक प्रलोभनमा पारेर जग्गा नामसारी गराएर मुअब्जाबापतको करोडौं रकम भूमाफियाले कुम्ल्याउन खोजेको बताए ।

      ‘यसमा ७ जनाको संलग्नता छ । ७ जनाले वृद्ध आमासँग मुआब्जा क्षतिपूर्ति निकासा हुनुभन्दा अगाडि जनही १० लाख रुपैयाँको कपाली तमसुकसमेत गराएका छन्,’ उनले भने, ‘तमसुकमा उल्लेखित रकम दिनुपर्दा हामी सडकमा जानुपर्ने अवस्था आउँछ ।’ तिर्थी भरिनको परिवार ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका छन ।

      साविक भुजौली गाविस वडा नम्बर ७ मा पर्ने उक्त जग्गाको हक खाने कोही नभएको र यो जग्गा कानुनबमोजिम अपुताली भई नेपाल सरकारको नाममा जानुपर्नेमा करिब ४ करोड रुपैयाँ हात पर्न यस्तो खेल खेलिएको उनको भनाइ छ ।

      गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले उक्त क्षेत्रमा प्रतिधुर ४ लाख ५० हजार रुपियाँ मुआब्जा निर्धारण गरेको थियो । उक्त मूल्य अनुसार रामासरेको ४ कट्ठा ४ धुर जग्गाको मुआब्जा रकम ३ करोड ७८ लाख रुपियाँ हुन आउँछ ।

      नाता प्रमाणित गराई जग्गा नामसारी गर्ने काममा पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ का वडाअध्यक्ष कृष्णचन्द्र यादव र वडा सदस्य तथा हाल जिल्ला समन्वय समितिका उपप्रमुख रामदायल तेली, महिला सदस्य अनिता साहनी, भूमाफिया गिरोहका पाल्हीनन्दन गाउँपालिका वडा नम्बर ६ का नाथुप्रसाद यादव, उनका छोरा अखिलेश यादव, वडा नम्बर ६ कै पारस भर र रामग्राम नगरपालिका-९ बस्ने घनश्याम पाठकको समेत संलग्नता रहेको तिर्थी भरिनका नाती गौतम भरले बताए ।

      यस्तो किर्ते काम गर्नेहरुमाथि छानबिन गरी कारबाही गर्न उनले माग गर्दै, वडाअध्यक्ष यादवले नाता प्रमाणितका बेला आफू बिदामा बसी महिला सदस्य अनिता साहनीलाई कार्यवाहकको जिम्मेवारी दिएको र नाता प्रमाणित गराएबापत ५० लाख रकम आउँछ भनी आश्वासन दिएको बताइएको छ । कार्यबाहक वडाअध्यक्ष साहनीको अवैध सिफारिसको आधारमा मालपोत कार्यालय रुपन्देहीले तिर्थी भरिनको नाममा जग्गा नामसारी गरेको पाइएको छ ।

      तिर्थी भरिनका छोरा राजुले ती सातैजनाका विरुद्ध छानविन गरी कारवाहीको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिएका छन् । तर, कार्यबाहक वडाअध्यक्ष सहानीले भने गाउँलेले सिफारिस गरेका आधारमा आफूले नाता प्रमाणित गरिदिएको बताइन् ‘सार्वजनिक सुनुवाई गरी प्रमाण पुऱ्याएर पाँचजनाले देवर भाउजुको रुपमा नाता कायम गर्न भनेपछि मैले वडाबाट नाता प्रमाणित गरिदिएकी हुँ,’ उनले भनिन् ।

      तर, पाल्हीनन्दन गाउँपालिकाका वडा नं. ६ का वडाअध्यक्ष कृष्णचन्द्र यादवले भने किर्ते काम नगरेको दावी गरे ‘नक्कली नाता प्रमाणित गरिएको होइन, सबै बुझेर मात्र गरिएको हो, छानविन गरेर गलत भएको भए कारबाही भोग्न तयार छौं, उनले भने ।received 707808067524254 received 485850883694639 received 1569008683542976 received 697557805054965 received 946255976356077 received 1388338128639633

        कमेन्टहरु