राजनीति

    नवनिर्वाचित सांसदहरुको शपथपछि जलपान कार्यक्रम

    नवलपुर टुडे
    २०७९ पुस ७ | मध्यान्ह ०२:०९ बजे

      काठमाडौं, पुस ७ । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथपछि सङ्घीय संसद् सचिवालयले जलपान समारोहको आयोजना गरेको छ । नयाँ बानेवश्वरस्थित संसद् भवन परिसरमा सचिवालयले जलपान समारोह आयोजना गरेको हो ।

      प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

      प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक प्रणालीबाट निर्वाचित एक सय १० गरी कुल दुई सय ७५ सांसद छन् ।

        कमेन्टहरु