बर्दघाटमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक गम्भीर घाईते


नवलपरासी । बर्दघाटमा ट्रक र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक गम्भीर घाईते भएका छन ।
आज बिहान ०८:२५ बजे नवलपरासी बर्दघाट नगरपालिका -६ जोशी पेट्रोलपम्पस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको लु २ ख ५७७४ नं. को ट्रक र बिपरित दिशाबाट आउदै गरेको लु ८६ प १८१३ नं. को मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा बर्दघाट नगरपालिका- १४ बस्ने बर्ष १९ को मोटरसाइकल चालक सागर सुनार घाईते भएको छ । उनलाई उपचारको लागि सन्जिवनी अस्पताल चिसापानीमा पठाईएको प्रहरीले जानकारी दिएको छ । घाइते सुनारको बाँया हात खुट्टा र टाउकोमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको छ ।
मोटरसाइकल र ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटना स्थालमा प्र.नि. विरेन्द्र के.सी. को कमाण्डमा ७ जनाको टोली खटि गएको छ । ट्रक चालक पुर्वी नवलपरासी मध्यबिन्दु नगरपालिका – ६ भण्डारा बस्ने बर्ष २७ को बिशाल न्यौपाने प्रहरीको नियन्त्रणमा रहेको छ ।





