समाचार

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

    नवलपुर टुडे
    २०७९ पुस ७ | बिहान १०:०९ बजे

      काठमाडौं, पुस ७ । काठमाडौं उपत्यकामा आज बिहानैदेखि हुस्सु/कुहिरो लागेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । बिहानैदेखि यहाँबाट हुँदै आएका बाह्य तथा आन्तरिक उडान प्रभावित बनेको छ ।

      विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले बिहान केही विमान अवतरण हुन सके पनि त्यसपछि बाह्य र आन्तरिक उडान हुन नसकेको जानकारी दिए । “खराब मौसमका कारण केही विमानलाई डाइभर्ट गरिएको छ,” उनले भने ।

      मौसममा सुधार आएपछि नियमित रूपमा विमान उडान हुने महाप्रबन्धक ठाकुरले बताए । रासस

        कमेन्टहरु