समाचार

    भरतपुरको अरोमा कलेज अनिश्चितकालका लागि बन्द

    नवलपुर टुडे
    २०७९ पुस ७ | बिहान १०:०९ बजे

      चितवन, पुस ७ । चितवनको भरतपुर महानगरपालिका–१० बालमन्दिर सडकस्थित अरोमा कलेज मंगलबारदेखि बन्द छ । कलेजमा तोडफोड भएपछि अनिश्चितकालका लागि कलेज बन्द भएको हो ।

      छात्रामाथि शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै मंगलबार आन्दोलित विद्यार्थीले स्कुल बस र भवनमा क्षति पुर्‍याएका थिए । कलेजमा ठूलो भौतिक क्षति भएकाले मर्मत गर्ने काम भइरहेको कलेजका सहायक प्रिन्सिपल नेत्र भुसालले बताए । विद्यार्थीले गरेको भौतिक क्षतिको खर्च कलेज आफैले व्यहोर्ने भएको छ । बन्द रहेको स्कुल सञ्चालनका लागि विद्यार्थी र अभिभावकसँग पनि छलफल भइरहेको उनले बताए ।

      ‘स्कुल बसलगायत तोडफोड भएका वस्तुको मर्मत गर्ने काम भइरहेको छ । सकभर भोलि स्कुल सञ्चालन गर्छाैँ, नभए सोमबारबाट सञ्चालन गर्ने तयारी छ’, उनले भने । यौन दुर्व्यवहारका आरोपित शिक्षक रामकृष्ण सुवेदीलाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ । स्कुलले आरोपित शिक्षक सुवेदीमाथि अनुसन्धान गर्न प्रहरीलाई सहयोग गर्ने बताएको छ ।

        कमेन्टहरु