पश्चिम नवलपरासीमा आगलागीबाट करिब एक करोडको क्षती


परासी । पश्चिम नवलपरासीको सुनवल नगरपालिका – १ सोमनाथस्थित सन्तोष पौडेलको टिन र बलकले बनेको घरको सटर भाडामा रहेको मुन्ना टायर पसलमा आगोलागी हुदा करिब एक करोड बराबरको क्षती भएको छ ।
आज राती करिव १:३० बजेदेखी आगोलागी भएको थियो । आगो नियन्त्रणको लागि जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट प्र.नि. बिष्णु प्रसाद पौडेलको कमाण्डमा १७ जनाको टोली, सशस्त्र प्रहरी बल कमाण्ड पोष्ट परासीबाट स.प्र.स.नि. सुरेन्द्र परियारको कमाण्डमा १० जानको टोली खटी गई स्थानिय, प्रहरी र दमकलको सहयोगमा आज बिहान ०३:३० बजे आगो नियन्त्रणमा लिईएको थियो ।
आगोलागीबाट सोही घरको सटरहरुमा संचालन रहेको पसलहरुमासमेत आगोलागी भई पुर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारीले जानकारी दिएको छ । आगोलागीबाट मानबिय तथा चौपाया क्षती भने भएको छैन ।
आगोलागी बिद्युतको तार सर्ट भई भएको हुन सक्ने भन्ने बुझिएपनि प्रहरीले अन्य अनुसन्धान कार्य गरिरहेको छ । आगलागी भएको स्थान जिल्ला प्रहरी कार्यालयबाट अन्दाजी १ कि.मि. पश्चिम रहेको छ ।
आगलागीबाट मुन्ना टायर पसल (मुन्न अन्सारी), थिरती होटल (हरि प्रसाद श्रेष्ठ ), हिमचुली मोटर पर्टस ( नारायण खड्का ), गरौ कलिक मोटर पर्टस (लक्ष्मण सेन), रामजि वर्कसप (प्रवेज अलम), सगिर ब्याट्री पसल एबमा मोटर पर्टस (सकिर अन्सारी ) र सुरज पेन्ट (सुरज थापा) जलेर नष्ट भएको छ । उक्त घरमा ७ वटा सटर रहेको छ ।
आगलागीबाट अन्दाजी करिब रु. एक करोड बराबरको क्षती भएको अनुमान गरिएको छ ।





