देश

    बैतडीमा शिक्षकको हत्या आरोपमा पक्राउ परेका मध्यकैले स्वीकारे अभियोग

    नवलपुर टुडे
    २०७९ पुस ७ | बिहान ०८:०९ बजे

      कैलाली । बैतडीको पाटनमा मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पुस २ गते कृष्ण माध्यमिक विद्यालयको होस्टेल पछाडि विष्टको शव भेटेको थियो ।

      सोही दिनबाट सुरु गरेको प्रहरीको अनुसन्धान अन्तिम चरणमा पुगेको छ । अहिले सम्मको अनुसन्धानमा शिक्षकको हत्या भएको प्रहरीले ठहर गरेको छ । हत्यामा संलग्नहरू पनि आजै सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

      ‘हामी अनुसन्धानको अन्तिम चरणमा पुगेका छौँ’ एक प्रहरी अधिकारीले भने ‘आजै सार्वजनिक पनि हुन सक्छ । अनुसन्धानको केही अंशहरू मात्रै बाकी छ ।’

      प्रहरीले अहिले सम्म ११ जना शङ्कास्पदलाई पक्राउ गरिसकेको छ । ती मध्येबाटै केहीले घटनाको अभियोग स्वीकार गरिसकेको प्रहरी स्रोतको दाबी छ । प्रहरीले चार जना शिक्षक र ७ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको थियो ।

        कमेन्टहरु