मधेश प्रदेश

    सवारी शाखाको लेखामा अधिकृत यादवको रजाई

    नवलपुर टुडे
    २०७९ पुस ६ | मध्यान्ह ०८:०९ बजे

      वीरगंज, ६ पुस । यातायात व्यवस्था कार्यालय सवारी शाखाका लेखाअधिकृत उपेन्द्र यादवले आफ्नो शाखामा लुटतन्त्र नै मच्चाएको सेवाग्रहीहरुले आरोप लगाउन थालेका छन् ।

      सो कार्यालयमा गएका सेवाग्रहीहरुले बैंकमा राजस्व दस्तुर जम्मा गरी लेखा शाखामा नगदी रसिद लिन जाँदा सोही रसिदमा पचास वा सयको नोट बेरेर दिएपछि मात्र नगदी रसिद पाउने गरेको एक सेवाग्रही जितेन्द्र कुमारले बताए । दिनहुँ करिब एक हजार नगदी रसिद काटिने भएको हुनाले अधिकृत यादवको कमाई कतिको हुन्छ, पाठकवर्गहरुले आफै हिसाब किताब गर्दा पुग्छ ।

      यसका अलावा कार्यालय सञ्चालनको लागि आएको बजेटमा पनि अनावश्यक बिल भर्पाई पेश गरी रकम निकासा गरी सो बजेटलाई झ्वाम पार्दै गरेको बताईन्छ । अधिकृत यादवको भ्रष्टाचारमा कार्यालयको प्रमुख हाकिम उमेश कुमार रेगमीले सघाउदै आएको सेवाग्रहीहरुले बताएका छन् ।

      कार्यालय प्रमुख रेगमी कार्यालयमा न्युन समय बस्ने र उनी गएपछि निमित्त हाकिमको रुपमा काम गर्ने अधिकृत उपेन्द्र यादवले भ्रष्टाचारमा ताण्डव नै मच्चाएको बुझिएको छ । हाकिमको विश्वासको पात्रको रुपमा चिनिएका अधिकृत यादवको नराम्रा व्यवहारका कारण सेवाग्रहीहरु अनावश्यक दुःख झेल्न बाध्य भएका छन् ।

        कमेन्टहरु