समाचार

    माधव नेपाललाई भेट्न अस्पताल पुगे देउवा र प्रचण्ड

    नवलपुर टुडे
    २०७९ पुस ६ | मध्यान्ह ०३:०९ बजे

      काठमाडौं, पुस ६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ त्रिवि शिक्षण अस्पताल पुगेका छन् । 

      अस्पताल पुगेका देउवा र प्रचण्डले नेपालको स्वास्थ्य अवस्थाको जानकारी लिएका थिए । रुघाखोकी र छात्तिमा संक्रमण देखिएपछि नेपाल मंगलबार अस्पताल भर्ना भएका हुन् । उनको स्वास्थ्यमा क्रमिक सुधार आएको अस्पतालले जनाएको छ । छात्ति रोग विशेषज्ञ डा सन्तकुमार दास नेतृत्वको टोलीले नेपालको उपचार गरिरहेको छ ।

      उपचारका क्रममा भेटघाट बन्द गरिएको थियो । नेपालको स्वास्थ्यमा केही सुधार आएसँगै देउवा र प्रचण्ड उनलाई भेट्न अस्पताल पुगेका हुन् । देउवा आज मात्रै संसदीय दलको नेतामा निर्वाचित भएका छन् ।

        कमेन्टहरु