लुम्बिनी प्रदेश

    बुटवलमा एक महिलाको शव फेला, हत्याको आशंका

    नवलपुर टुडे
    २०७९ पुस ६ | बिहान ११:०९ बजे

      बुटवल, पुस ६ । रुपन्देहीको बुटवलमा एक महिलाको शव फेला  परेको छ ।

      बुटवलको मिलनचोकबाट भित्र पर्ने स्रोहछतिस कुलोमा अन्दाजी ४० वर्षकी महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । बाहिर कतै हत्या गरेर राति कुलोमा फालेको हुन सक्ने आशंका रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

      शरीरमा सामान्य चोटपटक लागेकोले घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु