समाचार

    भरतपुरको अरो कलेजमा शिक्षकले यौन दुर्ब्यबहार गरेको भन्दै विद्यार्थी आन्दोलित, शिक्षक पक्राउ

    नवलपुर टुडे
    २०७९ पुस ५ | मध्यान्ह ०४:०९ बजे

      भरतपुर, पुस ५ । चितवनको भरतपुर महानगरपालिका–१० बालमन्दिर सडकस्थित अरोमा कलेजमा शिक्षकद्वारा विद्यार्थी माथि यौन दुर्ब्यबहार भएको भन्दै विद्यार्थीले नाराजुलुस गरेका छन् ।

      कम्प्यूटर ल्यावमा काम गर्ने शिक्षकले आफूहरुलाई यौन दुर्ब्यबहार गर्ने गरेको भन्दै कलेज भित्र विद्यार्थीले मंगलबार नाराजुलुस गरेका हुन् । उत्तेजित विद्यार्थीको भीडले कलेजका केही कोठाका झ्यालका सिसाहरुसमेत फोडेका छन् ।

      आरोपीत शिक्षकलाई नियन्त्रणमा लिइएको चितवन प्रहरी प्रवत्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

        कमेन्टहरु