पूर्व मन्त्री आलेलाई मातृशोक

नवलपुर टुडे
२०७९ पुस ५ | बिहान ११:०९ बजे

धनगढी, पुस ५ । पूर्व मन्त्री प्रेमबहादुर आले मगरलाई मातृशोक परेको छ । उनकी ७९ वर्षीया आमा गंगादेवी आलेको मंगलबार निधन भएको हो ।
उनलाई गत मंसिर ११ गते उपचारका लागि काठमाडौँ लगिएको थियो । डोटीस्थित आफ्नै निवासमा उच्च रक्त चापले सिकिस्त भएपछि उनलाई हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो ।
पूर्व मन्त्री आले नेकपा(एकीकृत समाजवादी)का पोलिटव्युरो सदस्य तथा डोटीबाट प्रतिनिधि सभा सदस्यमा विजयी नेता हुन् ।





