देश

    बर्दाघाटस्थित चिसापानी अस्पतालको विकासबारे सांसद चौधरी र जनप्रतिनिधीबिच छलफल

    नवलपुर टुडे
    २०७९ पुस ५ | बिहान ११:०९ बजे

      नवलपरासी, ५ पुस । पश्चिम नवलपरासीको चिसापानीस्थित सरकारी स्वामीत्वमा रहेको चिसापानी अस्पतालको चौतर्फी विकास बारे संघीय सांसद विनोद चौधरी र बर्दघाट नगरपालिकाका जनप्रतिनिधी टोली बिच छलफल भएको छ ।

      काठमाण्डौस्थित सांसद चौधरीको राजनितिक जनसम्पर्क कार्यालयमा भएको छलफलमा नगरपालिका जनप्रतिनिधीसहितको टोली संग चिसापानी अस्पतालको समग्र विकास वारे छलफल भएको हो ।

      सो क्रममा सांसद चौधरी संग चिसापानी अस्पतालको भौतिक पुर्वाधार सहित बिशेषज्ञ सेवा विस्तार साथै अस्पतालको स्तरउन्नतीका लागी छलफल केन्द्रित रहेको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिनुभयो । बर्दघाट नगरपालिकाले पश्चिम नवलपरासी – १ बाट निर्वाचित संघीय सांसद चौधरीलाई यसअगाबै पत्रमार्फत सो अस्पतालको स्तर उन्नतीका लागि पहल गर्न आग्रह उल्लेखित पत्रचार गरिसकेको थियो ।

      सांसद चौधरीले यस बारे यस क्षेत्रको पहिलो उपचार थलोको रुपमा चिसापानी अस्पतालको सम्बृद्धि र विकासका लागि आगामी दिनमा प्रदेश सरकार तथा संघीय सरकार यसैगरी अन्य दातृ निकायसंग अस्पतालको चौतर्फी विकास पहल गर्ने प्रतिक्रिया दिनुभयो । सांसद चौधरी संग नगर प्रमुख श्रेष्ठ, उपप्रमुख रुद्र प्रकाश उपाध्याय सहितको टोलीको सहभागीता भएको उक्त छलफलमा अस्पतालको दिर्घकालीन व्यवस्थापनका लागी विभिन्न योजनाबाट छलफल गरिएको चौधरीको निजी सचिवालयले जनाएको छ ।

      चिसापानी अस्पतालको भौतिक पुर्वाधारसहित बिशेषज्ञ सेवा विस्तार साथै अस्पतालको स्तर उन्नतीका लागी संघीय सांसद चौधरीले आफु आबद्ध रहेको चौधरी फाउण्डेशन लगायतका अन्य सहयोगी निकायबाट अस्पतालको चौतर्फी दिर्घकालीन विकासका लागी पहल गर्ने सांसद चौधरीले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

       

      photo 2022 12 20 11 19 14

        कमेन्टहरु