समाचार

    उपचार गराएर आज स्वदेश फर्किँदै वर्षमान पुन 

    नवलपुर टुडे
    २०७९ पुस ५ | बिहान ०९:०९ बजे

      काठमाडौं, पुस ५ । उपचारका सिलसिलामा चीनमा रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन (अनन्त) आज स्वदेश फर्किँदैछन् । स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि उनी फर्कन लागेका हुन्।

      पुन चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम रहेको छ । वंशाणुगत जण्डिशबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए।

      उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको हो । पुन पत्नीसमेत रहेकी पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले उनको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको जानकारी दिइन्।

      यसअघि गत वर्ष पनि रोगले च्यापेपछि उनको पहिला थाइल्याण्ड र पछि चीनमा उपचार गरिएको थियो। पुनको उपचारमा डा. चेन नेतृत्वको विशेषज्ञ टोली सहभागी थियो ।

        कमेन्टहरु