मुख्य समाचार

    हज यात्रुबाट लिइएको विविध खर्चबापतको रकम फिर्ता गर्ने

    नवलपुर टुडे
    २०७९ पुस ५ | बिहान ०८:०९ बजे

      काठमाडौं । नेपाल हज समितिले हजयात्रुहरुबाट लिएको विविध शुल्क वापतको रकम फिर्ता गर्ने भएको छ । यस वर्षको हजमा सहभागी ५५८ जना हज यात्रुलाई ४ हजार ३४५ रुपैयाँ ७१ पैसा फिर्ता गर्न लागिएको हो ।

      हज समितिले हज यात्रामा सहभागीहरुलाई नेपालका क श्रेणीका बैंक खाताको विवरण र पासपोर्टको फोटोकपी सहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा आजको मितिदेखि एक महिनाभित्र निवेदन दिन अनुरोध गरेको छ ।

      सन् २०२२ को जुलाईमा हजका लागि नेपालबाट जाने यात्रुहरुबाट विविध खर्च शीर्षकमा साउदी रियाल २०० को दरले रकम लिएको थियो । उक्त रकम खर्च भएको थिएन । परराष्ट्र मन्त्रालयमार्फत् नेपाली कन्सुलेट जनरल जेद्दाबाट रकम भुक्तानी हुँदा विनिमयदर परिवर्तन र बैंक कमिसन बापतबाट खर्च भएको रकमसमेत कट्टा गरी बाँकी रहेको रकम हजयात्रीकै बैंक खातामा फिर्ता गरिदिने हज समितिले जनाएको छ ।

        कमेन्टहरु