मौसम

    आज यी तीन प्रदेशको पहाडी भू-भागमा हिमपातको सम्भावना

    नवलपुर टुडे
    २०७९ पुस ५ | बिहान ०७:०९ बजे

      काठमाडौ । हाल नेपालमा विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

      जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली  रहेको छ। आज दिउँसो प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

      प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ। राती प्रदेश १ को  उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

      वर्षा र हिमपातको सम्भावना रहेका पहाडी क्षेत्र तथा तराईमा हुस्सु लाग्ने  हुँदा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

        कमेन्टहरु