राजनीति

    एकीकृत समाजवादीले नयाँ सांसदलाई बधाई तथा शुभकामना

    नवलपुर टुडे
    २०७९ पुस ४ | मध्यान्ह ०२:०९ बजे

      काठमाडौ । एकीकृत समाजवादीले पार्टीबाट निर्वाचित नयाँँ सांसदहरूलाई बधाई तथा शुभकामना दिएको छ।

      सोमबार पार्टी केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम गरी एकीकृत समाजवादीले प्रदेश तथा प्रतिनिधिसभामा निर्वाचित सांसदहरूलाई बधाईसहित शुभकामना दिएको हो।

      पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले उनीहरूलाई दोसल्ला र माला लगाएर शुभकामना दिएका थिए।

      थ्रेसहोल्ड नकटाउँदा समानुपातिकमा कुनै सिट नपाएको यो पार्टीबाट प्रतिनिधिसभामा १० सांसद छन्।

        कमेन्टहरु