कपिलवस्तु राम गाेरखा माविमा नयाँ ब्यबस्थापन समिति गठन


कपिलवस्तु , पाैष ४ । जिल्लाकाे पुरानाे विद्यालय राम गाेरखा माविमा वैभव प्रताप शाहकाे संयाेजकत्वमा नयाँ व्यवस्थापन समिति गठन भएकाे छ ।
कृष्णनगर नगरपालिकाकाे बहादुरगंजमा रहेकाे जिल्लाकै पुरानाे विद्यालय राम गाेरखा माविमा विद्यालय व्यवस्थापन समितिकाे नयाँ पदाधिकारी सर्वसम्मतले चयन भएका छन । आइतबार समिति चयनका लागि बाेलाइएकाे अभिभावक भेलामा जग्गादाता परिवारबाट मनाेनित भई अध्यक्ष पदमा वैभव प्रताप शाह चयन भएका हुन । भेलाले सदस्यहरु हरिराम प्रसादकुर्मी, प्रेमा हरिजन, केशव शुक्ला, अनिता कहांर र सरिता सिंहलाई सर्वसम्मत चयन गरेपछि विद्यालय जग्गादाता एवं संस्थापक सदस्य वैभव प्रताप शाहलाई संयाेजकमा मनाेनित गरेकाे सदस्य सचिव एवं विद्यालयका प्रधानाध्यापक प्रदीप सिंहले बताउनुभयाे ।
त्यस्तै भेलाले कृष्णनगर नगरपालिका- ६ का माैलाना सफिक अहमदकाे अध्यक्षतामा विद्यालय अभिभावक समितिमा चयन गरेकाे छ भने सदस्यहरुमा बब्लु यादव, राममिलन हरिजन, दुलारमति नाउ, स्वामी दयाल यादव, नरेन्द्र चाैधरी लगायत सर्वसम्मतमा चयन भएका छन ।
विद्यालयका पुर्वअध्यक्ष एवं कृष्णनगर नगरपालिका नगरप्रमुख रजत प्रताप शाहले नवगठित विद्यालय व्यावस्थापन समितिले विद्यालयलाई नमुना बनाएर प्रविधिक क्याम्पस संचालनतिर ध्यान दिनुपर्नेमा जाेड दिनुभयाे । नगरप्रमुख शाहले नवगठित समिति स्थानीय तहसंग समन्वय गरे पुर्वाधार लगायत जनशक्ति व्यवस्थापनमा निरन्तर सहयाेग गर्ने प्रतिवद्धता गर्नुभएकाे थियाे ।
नवनिर्वाचित अध्यक्ष वैभव प्रताप शाहले आफ्नाे कार्यकालमा विद्यालयकाे पुर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन, स्मार्ट प्रविधिबाट शिक्षा, यातायात व्यवस्थापनमा केन्द्रीत हुनुका साथै व्यवासयिक प्रविधिक शिक्षामा जाेड दिने याेजना रहेकाे बताउनुभयाे । उनले अहिलेकाे डिजिटल युगमा बिद्यार्थीहरुलाई सुचना प्रविधिमैत्री शिक्षा प्रदान गर्न अतिआवश्यक रहेकाले प्रविधिक क्याम्पस नै संचालन गर्न समिति अग्रसर रहने बताए ।
राम गाेरखा माविमा अहिले कक्षा १२ सम्म शिक्षा, व्यवस्थापन र मानविकी संकायमा शिक्षण भइरहेकाे छ भने सिटिईभिटी तर्फ प्लान्ट साइन्स र एनिमल साइन्सकाे १८ महिने काेर्ष संचालनमा रहेकाे छ ।





