कैलालीमा आगोले जलेर एक वृद्धको मृत्यु

नवलपुर टुडे
२०७९ पुस ३ | मध्यान्ह ०३:०९ बजे

धनगढी, पुस ३ । कैलालीको घोडाघोडी नगरपालिका–११ आम्बाँसामा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ ।
गएराती आगलागीमा परी स्थानीय ६० वर्षीय जित बहादुर डगौराको जलेर मृत्यु भएको हो । घर नजिकैको झुपडीमा सुतिरहेको अवस्थामा चुलोमा बालेको आगो सल्केर आगलागी हुँदा उनको जलेर मृत्यु भएको हो ।
साथै आगलागीबाट झुपडी पूर्णरूपमा जलेर नष्ट भएको छ ।





